कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

२०७७, चैत्र २० शुक्रवार

  • 2.3K
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । केन्द्रीय कार्यालय सानोपमा साँझ ८ बजे शुरु भएको उक्त बैठकमा पार्टीको भावी रणनीतिका विषयमा छलफल भइरहेको छ ।

    दिउँसो २ बजे बोलाइएको बैठक झण्डै ६ घण्टापछि शुरु भएको हो । पार्टीको आगामी कदमबारे कार्यसमितिका पदाधिकारीहरुबीच अनौपचारिक रुपमा दिउँसो छलफल चलेको थियो ।

    पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडललगायत नेताहरूबीच समूहगत रुपमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    नेताहरुबीच वर्तमान सरकारको विकल्पका बारेमा छलफल भएको उनले जानकारी दिए । बैठकमा पार्टीको क्रियाशील सदस्यता विवाद, राप्रपाबाट कांग्रेसका प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पका विषयमा छलफल चलिरहेको प्रवक्ता शर्माले बताए ।

    यसबारे पार्टीका नेताहरुले आ–आफ्नो धारण राख्ने क्रम जारी छ । नयाँ सत्ता समीकरणका लागि कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको निर्णयलाई कुरेर बसेको अवस्था छ । बैठक सभापति देउवाको सभापतित्वमा जारी छ । 

    २०७७, चैत्र २० शुक्रवार०९:४४:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार