मंसिर १३, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।
अहिलेसम्म नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ११ हजार १ सय ८६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।