प्रधानमन्त्री ओलीद्वारा १६५ वटा सडक शिलान्यास हुँदै

प्रधानमन्त्री ओलीद्वारा १६५ वटा सडक शिलान्यास हुँदै

२०७७, चैत्र २१ शनिवार

  • 1.5K
    SHARES

  • प्रधानमन्त्री ओलीद्वारा  १६५  वटा सडक शिलान्यास  हुँदै

    काठमाडौँ । शनिबार एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान ११ बजे बालुवाटारबाट सडक शिलान्यास गर्न लागेका हुन् ।

    हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडक शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने छन् ।

    २०७७, चैत्र २१ शनिवार०९:४१:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार