क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

२०७७, चैत्र २१ शनिवार

  • 2.2K
    SHARES

  • क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

    काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ ।

    पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरिएको थियो । 

    केही जिल्लाको सदस्यता वितरण र नवीकरणको काम बाँकी रहेकाले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिले थप समय मागेपछि बैठकले चैत मसान्तसम्मको समय बढाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

    सो वैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता शर्माले जानकारी दिए । 

    शुक्रबार दिउँसो २ बजेका लागि तय भएको बैठक राति ८ बजे मात्र बसेको थियो । बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अन्य पदाधिकारीबीच अनौपचारिक रुपमा झण्डै छ घण्टा पार्टी कार्यालयमै छलफल भएको थियो ।

    पार्टी प्रवक्ता शर्माले प्रतिनिधिसभाको पुनःस्थापनापछि पनि प्रधानमन्त्री ओलीले पद त्याग गरेर मार्ग प्रसस्त नगरेपछि कांग्रेस राजीनामा माग्ने निर्णयमा पुगेको बताए । 

    २०७७, चैत्र २१ शनिवार११:२३:४६
    प्रतिक्रिया
    सम्बन्धित समाचार