फिलिपिन्समा लकडाउनको म्याद फेरि थप

फिलिपिन्समा लकडाउनको म्याद फेरि थप

२०७७, चैत्र २२ आइतवार

  • 2.5K
    SHARES

  • फिलिपिन्समा लकडाउनको म्याद फेरि थप

    मनिला । फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको घोषणा गरिएको छ ।  

    राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन लागु गर्ने निर्णय गरेका हुन् । राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    कोरोनभाइरसको महामारी थप फैलिदै गएकाले त्यसलाई न्युनिकरण गर्ने उद्धेश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरुको भनाइ छ । 

    राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले शनिबार टेलिभिजन मार्फत दिएको जानकारी अनुसार सरोकारवाला र विज्ञहरुले लकडाउन फेरि थप्न आवश्यक भएको निश्कर्ष निकाल्दै लकडाउनको अवधि थप्न सुझाव दिदै सिफारिस गरेकोले थप गरिएको हो । 

    देशको लागुना, बुलाकान, काभित र रिजाल क्षेत्रमा लकडाउनको अवधि लम्बिएको पनि उनले जानकारी दिए । एक हप्ते लकडाउन आइतबार सकिने छ ।

    दक्षिण एसियाली मुलुक फिलिपिन्समा शनिबार मात्रै १२ हजार ५७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ ।

    यसअघि गत शुक्रबार एकैदिनमा १५ हजार ३१० जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या दैनिक सङ्क्रमितहरुको संख्यामा दोस्रो धेरै भएको जनाइएको छ ।

    फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ८४ हजार ४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४२३ जनाको मृत्यु भएको छ ।-एजेन्सी । 

    २०७७, चैत्र २२ आइतवार०७:२३:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार