‘पूर्व यूवराजलाई नजरबन्दमा राखिएको दाबी’

‘पूर्व यूवराजलाई नजरबन्दमा राखिएको दाबी’

२०७७, चैत्र २३ सोमवार

  • 1.0K
    SHARES

  • ‘पूर्व यूवराजलाई नजरबन्दमा राखिएको दाबी’

    जोर्डन । जोर्डनका पूर्वयुवराजले आलोचकहरूलाई कारबाही गर्ने सिलसिलाको एउटा पाटोको रूपमा आफूलाई घरमै नजरबन्दमा राखिएको बताएका छन् ।  

    उनका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडिओमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाएका छन् ।  

    उनको उक्त भनाइ एउटा सत्ता विद्रोहको आरोप लगाइएको योजनासँग जोडिएका कैयौँ उच्च तहका गिरफ्तारीपछि आएको हो ।

    यसअघि त्यहाँको सेनाले राजकुमार हम्जाह नजरबन्दमा रहेको विषयलाई अस्वीकार गरेको थियो । तर उसले राजकुमारलाई देशको ’सुरक्षा र स्थिरता’लाई असर पार्ने गरी लक्षित हुनसक्ने कदमहरू रोक्न आदेश दिइएको जनाएको छ ।

    पछिल्ला घटनाक्रमअघि राजकुमार हम्जाहले आदिवासी समूहहरूका नेताहरूलाई भेटेका थिए जहाँ उनले केही सहयोग सुनिश्चित गरेको बताइएको छ ।- एजेन्सी । 

    २०७७, चैत्र २३ सोमवार०६:५६:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार