स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन

स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन

२०७७, चैत्र २३ सोमवार

  • 1.1K
    SHARES

  • स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन

    मोरङ । स्व गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ ।

    विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिए । प्रतियोगितामा छ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ । 

    १७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद रु २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु १५ हजार र तेस्रोले जनही रु १०/१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताउनुभयो । क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको हो ।

    २०७७, चैत्र २३ सोमवार०१:०६:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार