थप २६६ मा कोरोना भाइरस सङ्क्रमण

थप २६६ मा कोरोना भाइरस सङ्क्रमण

२०७७, चैत्र २३ सोमवार

  • 1.7K
    SHARES

  • थप २६६ मा कोरोना भाइरस सङ्क्रमण

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार  हजार ५३६  जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख  ७८ हजार २१०  पुगेको छ ।

    त्यस्तै पछिल्लो समय थप १०२ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ३४२   रहेको छ । निको हुने दर भने ९८ दशमलब ३ प्रतिशत रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८३२ रहेको छ ।

    उनीहरुमध्ये ६४ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२  लाख ८२  हजार ८२४  को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 

    काठमाडौँ उपत्यकामा पछिल्लो समय १३६ मा कोरोना सङ्क्रमण देखिएको छ । जसमा काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ रहेका छन् ।  त्यस्तै पछिल्लो २४ घण्टामा दुईको मृत्यु भएको छ भने चारको मृत्यु पुष्टि भएको छ ।  

    २०७७, चैत्र २३ सोमवार०७:०७:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार