वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध

वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध

२०७७, चैत्र २४ मंगलवार

  • 1.0K
    SHARES

  • वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध

    भरतपुर । वायु प्रदूषणको प्रतिकूल मौसमका कारण सोमवारचितवनको हवाइ उडान प्रभावित भएको छ ।

    वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन् ।

    भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले सोमवार भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिए । प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो ।

    यस अघि पनि वायु प्रदुषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो ।

    २०७७, चैत्र २४ मंगलवार०६:४८:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार