मंसिर २३, काठमाडौं ।
पछिल्लो २४ घण्टामा १ हजार ३८२ कोरोना संक्रमित थपिएका छन् भने १ हजार ६२१ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ ।
मन्त्रालयका अनुसार १२ हजार ६८६ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ ।
मन्त्रालयका अनुसार १२ हजार ६८६ जना आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १७ लाख ९९ हजार ६८६ पीसीआर परीक्षण गरिएको छ ।