जर्जियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

जर्जियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

२०७७, चैत्र २५ बुधवार

  • 933
    SHARES

  • जर्जियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

    जर्जिया । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । 

    उनको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उनी निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् । 

    कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिएका जनाइएको छ ।

    कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्रीले कुनै असहज महसुस नगर्नु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

    जर्जियामा मङ्गलबार मात्रै उहाँसँगै अरु ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्जियामा अहिलेसम्म दुई लाख ८४ हजार ९५८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ ।- एजेन्सी । 

    २०७७, चैत्र २५ बुधवार०६:४९:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार