आचार्यको संयोजकत्वमा कास्कीमा माधव पक्षको समानान्तर कमिटी

आचार्यको संयोजकत्वमा कास्कीमा माधव पक्षको समानान्तर कमिटी

२०७७, चैत्र २५ बुधवार

  • 1.7K
    SHARES

  • आचार्यको संयोजकत्वमा कास्कीमा माधव पक्षको समानान्तर कमिटी

    पोखरा । नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटी गठन गरी शपथ गराएको छ ।

    नेता धनराज आचार्यको संयोजकत्वमा समूहका गण्डकी प्रदेश इन्चार्जले चैत्र १९ गते ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका थिए ।

    समानान्तर कमिटीको सचिवमा होम नेपाली थिए । घोषणा गरिएको सदस्यको संख्या थपेर १४९ सदस्यीय पुर्याएर शपथ गराइएको कास्की अध्यक्ष आचार्यले जानकारी दिए ।

    कमिटीको उपाध्यक्ष शोभखर भण्डारी, उपसचिव पूर्ण लामा चयन भएका छन् । यस्तै पोखरा महानगर कमिटी अध्यक्षमा मुक्ति पौडेल र सचिवको जिम्मेवारी सुशील बस्नेतलाई दिइएको छ ।

    केन्द्रीय पोलिटब्युरो सदस्य तुलबहादुर थापाले कमिटीका पदाधिकारी तथा सदस्यलाई शपथ खुवाए । 

    २०७७, चैत्र २५ बुधवार०७:५४:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार