भारतमा कोरोना तिब्र गति माइलमा, थपिए ९७ हजार सङ्क्रमित

भारतमा कोरोना तिब्र गति माइलमा, थपिए ९७ हजार सङ्क्रमित

२०७७, चैत्र २६ बिहिवार

  • 1.9K
    SHARES

  • भारतमा कोरोना तिब्र गति माइलमा, थपिए ९७ हजार सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन् । 

    सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।  

    भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । 

    तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ । योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् । 

    भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए ।- एजेन्सी । 

    २०७७, चैत्र २६ बिहिवार०६:५१:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार