समर्थन देखाउन इजिप्टका विदेशमन्त्री लेबनानमा

समर्थन देखाउन इजिप्टका विदेशमन्त्री लेबनानमा

२०७७, चैत्र २६ बिहिवार

  • 1.5K
    SHARES

  • समर्थन देखाउन इजिप्टका विदेशमन्त्री लेबनानमा

    बेरुत । इजिप्टका विदेशमन्त्री लेबनानको राजधानी बेरुत आएका छन् ।  

    लेबनानलाई समर्थन देखाउन उनी बुधबार बेरुत आएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

    इजिप्टका विदेशमन्त्री सामेह शौक्रीले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसिको सन्देश लिएर लेबनानका राष्ट्रपति मिचेल औनलाई भेटेका जनाइएको छ ।  

    इजिप्टको तर्फबाट जारी गरिएको वक्तव्यमा लेखिएको छ, “लेबनानप्रति ऐक्यबद्धता जनाउन इजिप्ट सरकारको तर्फबाट प्रतिनिधिका रुपमा उनी गएका हुन् ।” 

    बाब्डा प्यालेसमा औनसँग शौक्रीको भेटवार्ता भएपछि इजिप्टको तर्फबाट यस्तो वक्तव्य आएकोले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    लेबनानले भोगिरहेका विभिन्न समस्याहरु समाधान गर्न इजिप्टको तर्फबाट हुनसक्ने सहयोग र खेल्नुपर्ने भूमिकाका बारेमा उनीहरुका बीचमा छलफल भएको जनाइएको छ ।- एजेन्सी । 

    २०७७, चैत्र २६ बिहिवार०७:००:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार