काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ३३२ संक्रमित थपिएका छन् ।
४ हजार ६ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा ३३२ जनाको नतिजा पोजिटिभ आएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ ।
हाल क्वारेन्टिनमा ७७ जना छन् भने आइसोलेसनमा २ हजार ४५४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।