कांग्रेसले प्रमुख तीन दलसँग छलफल गर्ने

कांग्रेसले प्रमुख तीन दलसँग छलफल गर्ने

२०७७, चैत्र २७ शुक्रवार

  • 1.6K
    SHARES

  • कांग्रेसले प्रमुख तीन दलसँग छलफल गर्ने

    काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ । 

    कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन्  ।

    नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो । 

    २०७७, चैत्र २७ शुक्रवार०६:४७:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार