कोरोना र प्रदुषणबाट बच्न भर्चुअल कक्षा संचालन गर्न डा. दंगालको आग्रह 

कोरोना र प्रदुषणबाट बच्न भर्चुअल कक्षा संचालन गर्न डा. दंगालको आग्रह 

२०७७, चैत्र २७ शुक्रवार

  • 2.9K
    SHARES

  • कोरोना र प्रदुषणबाट बच्न भर्चुअल कक्षा संचालन गर्न डा. दंगालको आग्रह 

    काठमाडौं । कोरोना महामारी र प्रदुषणबाट बच्न भर्चुअल माध्यमबाट कक्षा संचालन गर्न त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.दिलनाथ दंगालले सरकारलाई आग्रह गरेका छन् । 

    "कोरोना संक्रमण र वातावरण प्रदुषण बढिरहँदा सामुहिक रुपमा बसेर काम गर्ने क्षेत्र विद्यालय, क्याम्पस लगाएतका क्षेत्रहरु बढि प्रभावित छन् । स्वास्थ्य संवेदनशिलताका हिसाबले सम्भव भए सम्म भर्चुअल माध्यमबाट कक्षा संचालन गर्ने हो भने विद्यार्थी, शिक्षक, कर्मचारी सबैको जोखिम कम गर्न सकिन्छ" प्रगतिशिल प्राध्यापक संगठनका सचिव समेत रहेका दंगालले भनेका छन् । 

    विहिबार नेपालमा ३३२ जना कोरोना संक्रमित भेटिएका थिए भने प्रदुषित सहरमा काठमाडौं एशियाकै एक नम्बर र विश्वमा चौथो नम्बरमा रहेको छ । गत हप्ता भने काठमाडौं विश्वमै एक नम्बर प्रदुषित सहर रहेको विश्व वातावारण सूचांकले जनाएको छ । 

    २०७७, चैत्र २७ शुक्रवार०९:१३:२९

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार