काठमाडौं ।
शहरमा ठूलो को को होलो मच्ची रहेछ
गाउँमा पनि आँधि आउने कुरा चलिरहेछ
कुरै न हो
कसैले कुरा दायाँ चलाई रहेछन्
कसैले कुरा बायाँ चलाई रहेछन्
कोही आकास खस्ने भो भनेर डराई रहेछन्
कोही अब फुरौला हाम्रो भागमा बर्षने भो भनेर रमाई रहेछन्
कोही गाँस खोसिने भो भनेर रोही रहेछन्
कोही कालो सेतो एउटै भनिरहेछन्
कोही सुन्दर बगैंचालाई अझ सुन्दर बनाउने ध्याउन्नमा लागिरहेछन्
बिचरा जनताहरु भने रणभुल्लमा ट्वाल्ल परिरहेछन्
एउटाले दायाँ तानिरहेछ अर्कोले बायाँ बोलाई रहेछ
सबैका मनमा प्रश्न उठिरहेछ अब के हुन्छ?
के सुन्दर बगैचा अब मासिने छ ?
न आकास खस्ने वाला छ यहाँ
न आँधी आउने वाला छ यहाँ
न सित्तैमा फुरौला बर्षने छ यहाँ
न कालो र सेतो एउटै हुन्छ यहाँ
न सुन्दर बगैंचा बिनास हुन्छ यहाँ
सबैलाई एउटै कलेबरमा मुछ्नेहरुको कमि छैन यहाँ
हो उसैले लगाएको सुन्दर बगैचामा रमाई रहेकाहरु
केही फूलहरु डाईना भएछन्,
केही फूलहरु कालि पोकेले डल्लो परे पछि,
उखेलेर फालि दिएछन,
कंंकला शब्द सहित कोको होलो मचाउनेहरु
चिच्याउदै जति हात उफ्रे पनि
भूईमा खुट्टा बजारेर फोहोरको डंगुरमा बिछ्यौना लगाए पनि
केही फरक पर्नेवाला छैन
बगैंचाको मालिकले कुन फूल उखेल्ने कुन फूल रोप्ने
बगैंचेको तजबिजको कुरा हो
फूलको सुवासना छर्नेहरु
बगैंचामा सजिएर मौलाउने छन्
फूल फूल्न बिर्सिएर काँडा बनेकाहरु
उखेलिने छन् र फालिने छन्
फेरि पनि सुन्दर बगैंचामा
नयाँनयाँफूलहरु सजिने छन्
बगैंचेका अगाडि कसैको केही लाग्ने वाला थिएन
चिच्याएर र्याल चुहाउदैमा
मुख रसाउदैमा ,
बिजुली चमकमा टिपेर फाल्ने हुंँकार
बाफ बनेर उडिरहेछ
सक्कली माली त माली नै रहेछ ,
आफ्नै आयतनमा रमाई रहेछ
आखिर खै के भो त ?
(-रचनाकार होमप्रसाद गौतम साझा प्रकाशनका महाप्रवन्धक हुन् ।)