राष्ट्रिय वाणिज्य बैंकद्धारा ट्राफिक प्रहरीलाई लाईट हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्धारा ट्राफिक प्रहरीलाई लाईट हस्तान्तरण

२०७७, चैत्र २८ शनिवार

  • 1.9K
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंकद्धारा ट्राफिक प्रहरीलाई लाईट हस्तान्तरण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट(बत्ती) हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाईट सुन्धरा, नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमका बीच संचालनमा ल्याइएकोछ । 

    नयाँ जडान गरिएको ट्राफिक लाईट काठमाडौं महानगरपालिका वडा न.२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको छ ।

    कार्यक्रममा का.म.न.पा. वडा न.२१ वडा अध्यक्ष चिनकाजी महर्जनले उपत्यकामा बढ्दै गईरहेको ट्राफिक जामलाई व्यवस्थापन गर्न वडा कार्यालयले पनि सहयोग गर्ने बताए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने बताए ।

    प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रबिधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम भई दुर्घटना न्युनिकरणमा समेत सघाउ पुग्ने बताए । 

    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको सो कार्यक्रमको संचालन विभागीय प्रमुख सरोज बस्नेतले गरेका थिए । कार्यक्रममा प्रहरी अधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

    २०७७, चैत्र २८ शनिवार०३:५९:४२
    प्रतिक्रिया
    सम्बन्धित समाचार