इजरायलमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या गत जुनपछि सबैभन्दा न्यून 

इजरायलमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या गत जुनपछि सबैभन्दा न्यून 

२०७७, चैत्र ३० सोमवार

  • 1.1K
    SHARES

  • इजरायलमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या गत जुनपछि सबैभन्दा न्यून 

    जेरूसलेम । इजरायलमा सक्रिय कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या माहमारी सुरु भएपछि अहिलेसम्मकै सबैभन्दा न्यून अवस्थामा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । 

    नयाँ तथ्याङ्कले फेब्रुअरीदेखि कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्यामा तीव्र गिरावटलाई देखाएको छ । 

    पछिल्लो तथ्याङ्क अनुसार इजरायलमा कोभिडका सक्रिय सङ्क्रमित विरामीको सङ्ख्यामा ११४ ले कमी आई कूल सङ्क्रमितको सङ्ख्या तीन हजार ८९० कायम भएको छ । गत वर्षको जुन १६ पछि पहिलोपटक सङ्क्रमितको सङ्ख्या न्यून देखिएको हो ।

    इजराइलमा यसै बर्षको फेब्रुअरी ५ सम्म सङ्क्रमण दर उच्च रहेको थियो । उक्त समयसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ८४ हजार ७८४ रहेको थियो ।

    इजरायलमा गम्भीर अवस्थाका कोभिड–१९ सङ्क्रमित बिरामीहरूको सङ्ख्या २६८ बाट घटेर २६३ मा पुगेको छ । यो सङ्ख्या सन् २०२० को जुलाई २१ पछि सबैभन्दा कम हो ।

    इजरायलमा गम्भीर बिरामीको सङ्ख्यामा जनवरीको मध्यतिर उच्च विन्दुमा पुगेको भएपनि त्यसपछि यो सङ्ख्यामा निरन्तर ओरालो लागेको छ । 

    इजरायलमा कोरोनाभाइरस सङ्क्रमितको कूल सङ्ख्या अहिलेसम्म आठ लाख ३५ हजार ८७१ पुगेकोे छ भने छ हजार २९४ सङ्क्रमितको मृत्यु भएको छ ।- एजेन्सी ।   

    २०७७, चैत्र ३० सोमवार०६:२८:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार