ब्रेक्जिटपछिको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’: प्रधानमन्त्री जोनसन 

ब्रेक्जिटपछिको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’: प्रधानमन्त्री जोनसन 

२०७७, मंसिर २४ बुधवार

  • 1.1K
    SHARES

  • ब्रेक्जिटपछिको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’: प्रधानमन्त्री जोनसन 

    मंसिर २४, लन्डन ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको छ ।

    यसैहप्ता प्रधानमन्त्रीको ब्रसेल्स भ्रमणको पूर्वसन्ध्यामा उनले उक्त धारणा राखेका थिए । 

    ईयूसँगको व्यापार सम्झौताका लागि भएको लामो वार्तामा सफलताको खोजी गर्न प्रधानमन्त्री जोनसन यस हप्ता ब्रसेल्स भ्रमण गर्दैछन् । 

    “हामी आशावादी हुनुपर्दछ र विश्वास गर्नु पर्दछ कि व्यापार वार्ताले सफलता पाउनुपर्छ ।” प्रधानमन्त्रीले स्काई न्यूजसँगको कुराकानीमा भने ।  

    उनले थपे, “सत्य कुरा यो हो कि तत्कालका लागि व्यापार सम्झौता ‘निकै कठिन’ छ ।”

    जोनसनले भने, “हामी अर्को दुई दिनमा कहाँ पुग्छौं भनेर हेर्नेछौं, तर मलाई लाग्छ कि बेलायत सरकार राजनीतिक वा अन्य कुनै पनि तहमा छलफललाई अघि बढाउन हुन इच्छुक छ ।” 

    उनले भने, “त्यहाँ त्यहाँ सीमाहरू छन् जसबाट कुनै पनि समझदार, स्वतन्त्र सरकार वा देश बाहिर जानसक्दैन । सबैलेले यसलाई बुझ्नुपर्यो ।”

    प्रधानमन्त्री जोनसन बिहीबार ब्रसेल्स जाने सम्भावना रहेको बीबीसीले जनाएको छ । 

    ब्रेक्जिटपछिको व्यापार वार्तामा गतिरोध अन्त्य गर्नका लागि जोनसन र युरोपियन आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले ४८ घण्टाभित्र दोस्रो पटक सोमबार पनि टेलिफोन सम्वाद गरेका थिए ।  
     
    यसैबीच यूरोपेली संघ (इयूका) प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको ब्यापार वार्तामा ईयू एकतावद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताएका छन् । -एजेन्सी । 

    २०७७, मंसिर २४ बुधवार०६:५४:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार