थप ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

थप ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

२०७७, चैत्र ३० सोमवार

  • 1.5K
    SHARES

  • थप ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु


    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार ३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो । 

    यसमध्ये  काठमाडौँमा १५९,  ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

    यसअवधिमा थप १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन्  भने सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।

    २०७७, चैत्र ३० सोमवार०७:१३:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार