फ्रान्सका विदेशमन्त्री भारत भ्रमणमा आउने

फ्रान्सका विदेशमन्त्री भारत भ्रमणमा आउने

२०७७, चैत्र ३१ मंगलवार

  • 981
    SHARES

  • फ्रान्सका विदेशमन्त्री भारत भ्रमणमा आउने

    नयाँ दिल्ली । फ्रान्सका विदेश मन्त्री जेन याभेस लि ड्रियानले भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।  

    उनले यही अप्रिल १३ देखि १५ सम्म भारतको भ्रमण गर्ने तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतको विदेश मामिला मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत फ्रान्सका विदेश मन्त्रीको तीनदिने औपचारिक भ्रमणका बारेमा जानकारी दिएको हो ।

    उनले भारत भ्रमणका क्रममा भारतीय समकक्षी डा एस जयशंकरसँग अप्रिल १३ मा विषेश भेटवार्ता गर्ने छन् । उनीहरुका बीचमा दुई पक्षीय सम्बन्ध, साझा चासो र सरोकारका विषयमा छलफल हुने जनाइएको छ ।

    फ्रान्सका विदेश मन्त्री ड्रियानले भारतका वातावरण, वन तथा जलवायु मन्त्री प्रकाश जाभादेकरसँग जलवायु परिवर्तन र त्यसका चुनौती सामना गर्न सहकार्य गर्ने बारेमा छलफल गर्ने कार्ययोजना रहेको छ । -एजेन्सी । 

    २०७७, चैत्र ३१ मंगलवार०७:२१:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार