महासंघको नेता खै ? शिक्षक मर्कामा परे ! - सुन्दर पन्त

महासंघको नेता खै ? शिक्षक मर्कामा परे ! - सुन्दर पन्त

२०७७, चैत्र ३१ मंगलवार

  • 5.3K
    SHARES

  • महासंघको नेता खै ? शिक्षक मर्कामा परे ! -  सुन्दर पन्त

    काठमाडौं । नेपाल शिक्षक महासंघ २०७६ असोजदेखि आज सम्म नेतृत्वविहीन छ । शिक्षकका संघ संगठनमा नेता त थुप्रै छन् । नेता बन्ने र बनाउन लायक कोही देखिएन । 

    १८ महिनाको अवधिमा थुप्रै समस्या थपिए । कुनै पनि शिक्षकका मांग पुरा भएनन । समस्या ज्युँ का त्युँ छन । समस्या थपिदो क्रममा छ । यसबीच महासंघको गतिशील नेतृत्वको खाँचों छ । तर नेपाल शिक्षक महासंघ अस्पतालको शैय्यामा जीवन र मृत्युको दोसाँधमा छ । यसका केही विषय उठान गरेको छु । यस विषयले छिट्टै निकास पाओस भन्ने आम  शिक्षकको अपेक्षा छ ।

    विवादको मुल विषय अध्यक्ष बाबुराम थापाले महासंघमा विधान संशोधन गरी कार्यकाल ३ वर्षलाई थपगरी ४ वर्ष पुर्याउने र निवृत्त शिक्षक पनि नेतृत्व गर्न पाउने गरी विधान संशोधन गरेपछि भएको विवाद । 

    २०७६ असोज ४-५ गते नेपाल शिक्षक महासंघको नियमित राष्ट्रीय परिषदबाट विधान परिमार्जन भए पश्चात नेपाल शिक्षक संघले विधान संशोधनमा असहमती जनाइसकेपछि विवादको शुरूवात भएको हो ।

    सबै आवध्द घटकबीच विभिन्न समयमा भएका औपचारिक र अनौपचारिक छलफलबाट टुंग्याइएको थियो ।

    लामो समयदेखि समाधान हुन नसके पछि अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाई कार्कीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी महासंघको विवाद टुंग्याउन कार्यादेश अनुसार यो समितिले एकल, सामूहिक, थुप्रै पटक वार्ता गरी २०७७ फागुन १४ गते समिति र विवाद घटकका  अध्यक्षहरु नेपाल शिक्षक संघका राजेन्द्र राज पौडेल, नेपाल राष्ट्रीय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्मा र नेपाल शिक्षक महासंघका निवर्तमान अध्यक्ष बाबुराम थापाबीच हस्ताक्षर गरी सहमति भएको हो ।

    सो हस्ताक्षर पश्चात २०७७ फागुन १९ गते नेपाल शिक्षक महासंघको केशरमहल स्थित कार्यालयमा सहमतीका ४ बुँदा सार्वजनिक गरी सहमती भएको हो । साथै सोही समितिको सिफ़ारिश र ठुला घटकबीच सहमतिमा २०७७ फागुन २९ गते  ललितपुरको साझा पार्टी ब्यांकेट विशेष परिषदको बैठक बोलाई यस विवादको किनारा लगाइएको थियो । 

    यस विशेष परिषदमा नेपाल राष्ट्रीय शिक्षक संगठनबाट नेपाल शिक्षक महासंघकोलागि नेतृत्व गर्न अध्यक्षको नाम सहित आउने सहमति विपरीत नेपाल राष्ट्रीय शिक्षक संगठनले नाम प्रस्तुत नगरी नाम सिफ़ारिश नगरेको हुँदा नाम सिफ़ारिश नहुन्जेल निवर्तमान अध्यक्ष नै अध्यक्ष हुन्छ भन्ने जिकिरले विवाद सृजना भएको हो ।

    यसै बीच नेपाल शिक्षक महासंघको सह-अध्यक्ष पुर्ण प्रसाद दवाडी र महासचिव लक्ष्मीकि़शोर सुवेदीद्वारा २०७७ चैत्र १ गते जारी गरिएको विज्ञप्ति आफ्ना मातहतका निकायलाई परिषदको निर्णय जानकारी गराइएको थियो । यो स्वभाविक र नियमित प्रक्रिया नै थियो । तर त्यस्को विरुद्ध नेपाल राष्ट्रीय शिक्षक संगठनका महासचिव हंसराज शाहीबाट विरोधी वक्तव्य जारी भयो त्यसपछि विवादको नयाँ अध्याय शुरू भयो ।

    यस अघि देखिएको विवादलाई टुंग्याउने सहमती विरुद्ध पुन: २०७७ चैत्र ३ गते निवर्तमान अध्यक्ष बाबुराम थापाद्वारा हस्ताक्षरित विज्ञप्तिबाट नेपाल शिक्षक महासंघ पुन विवादमा देखिएको हो । 

    यसबीच नेपाल राष्ट्रिय शिक्षक संगठनलाई नेपाल शिक्षक महासंघको सह-अध्यक्ष र महासचिवले अध्यक्ष बन्न नेता पठाऊ भन्यो - पठाएन । नेपाल शिक्षक संघले नेतृत्व पठाऊ भन्यो - पठाएन । अरु शिक्षकका घटकले पनि भने - पठाएन । नेपाल शिक्षक महासंघ १८ महिनादेखि काम विहीन छ ।

    शिक्षामा दिनहुं नयां नयां समस्या सृजना हुदैछन ।
    जिल्ला र स्थानीय तहका महासंघ कामविहीन दिशाहिन छन ।
    केशरमहलस्थित महासंघको कार्यालय ६ ईन्च धुलो र माकुराको जालोले ढाकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघको कार्यालय हटाउनु भनेर पत्र काटेको छ ? त्यसबारे महासंघ वेखवर छ ?

    अव नेपाल शिक्षक महासंघ कसकालागी ? के का लागि ? प्रश्न चिन्ह खडा भएको छ !

    महासंघले शिक्षा ऐन बारे बोल्यो ? बोलेन !
    कोभिडको संकटमा बोल्यो ? बोलेन !
    भ्याक्सिनबारे बोल्यो ? बोलेन !
    स्थानिय निकायको ज्यादतीबारे बोल्यो ? बोलेन !
    दरवन्दी मिलान वारे बोल्यो ? बोलेन !
    कक्षा ११ को पाठ्यक्रमबारे बोल्यो ? बोलेन !
    शिक्षक सेवा आयोग पदाधिकारी बारे बोल्यो ? बोलेन !
    शिक्षकको बढुवा बारे बोल्यो ? बोलेन !
    राहत, ईसिडि, कर्मचारी, उच्च मा.वि. शिक्षक बारे बोल्यो? बोलेन !
    विषय थुप्रै छन् 

    बोल्यो भने के के प्राप्त भयो ?

    बोले भन्ने ! तर केही प्राप्त नहुने ! यस संस्थाको केही काम छ ?

    छ भने पुष्टी गरौ ? छैन भने विकल्प के हुन सक्छ ?

    हिजो आज नेपाल शिक्षक महासंघ चिर कुम्भ निन्द्रामा छ । 

    नत्र यसै बीच विद्यालय कर्मचारी परिषदका अध्यक्ष बहादुर खडकाले मृत्युवरण गरे आफ्नै घटक नेताको नाममा शोकसभा मनाउन नसक्ने महासंघको औचित्य छ र ?

    अझै पनि नेपालको राजनैतिक अवस्था, राजनैतिक दल र नेता र नेतृत्वहरुको चिन्तनले शिक्षक एकता अझ टडकारो रुपमा देखिएको छ । 
    आम शिक्षकहरुको विश्वास अझै पनि नेपाल शिक्षक महासंघप्रति नै छ । 

    सहमती, सहकार्य, सह-अस्तित्वका साथ वर्तमान अवस्थामा शिक्षक एकताको अझै खाचो छ । यस्तो शिक्षकहरुको बौध्दिक संस्थाको अध्यक्षता लिन नखोज्नु वा वेवास्ता गर्नुले नेपाल राष्ट्रिय शिक्षक संगठनप्रति दिनदिनै साख घटेको देखिन्छ ।

    छिटो भन्दा छिटो नेपाल शिक्षक महासंघको नेतृत्व दिन नयां नाम पठाउन नेपाल राष्ट्रिय शिक्षक संगठन तयार भएन भने, अन्य घटकहरुको अनुरोधलाई कमजोरी ठान्ने हो भने यो संस्थाको औचित्य समाप्त भएको भन्दै विघटन नहोला भन्न सकिदैन ।

    त्यसैले नेतृत्व लिन नेता पठाऊ - बांकी काम सबैले मिलेर गरौ । विश्वास गरौ, भरोसा गरौ, २०७८ सालमा महासंघले नयाँ नेतृत्व पाओस । नयां वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना ।

    -पन्त नेपाल शिक्षक संघ, संघीय कार्यसमिति उप-महासचिव हुन् । 

    २०७७, चैत्र ३१ मंगलवार०९:०१:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार