थप ५३४ जनामा कोरोना सङ्क्रमण , ५ को मृत्यु

थप ५३४ जनामा कोरोना सङ्क्रमण , ५ को मृत्यु

२०७८, बैशाख २ बिहिवार

  • 2.1K
    SHARES

  • थप ५३४ जनामा कोरोना सङ्क्रमण , ५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार ३ हजार ५८८ मा पिसीआर र ५६४ मा एन्टिजेन गरी ४ हजार १५२ को कोरोना परीक्षण गर्दा ५३४ मा कोरोना पुष्टि भएको हो । चार सय ९० मा पिसीआर र ४४ मा एन्टिजेन पोजिटिभ आएको हो ।

    आज थपिएका सङ्क्रमितमध्ये १९६ काठमाडौँ उपत्यकाका छन् । जसमा भक्तपुरमा ८ , ललितपुरमा ४३ र काठमाडौँमा १४५ रहेका छन् । गत २४ घण्टामा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६६ पुगेको छ । गत २४ घण्टामा १५७  सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ ।

    हाल देशभर चार हजार ३८४ सङ्क्रमित आइसोलेशनमा छन् । तीमध्ये तीन हजार ८९४ होम आइसोलेशनमा रहेका छन् भने ४९० संस्थागत आइसोलेशनमा छन् ।

    देशभर ९१ आइसीयु र ३५ सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । हाल ६८ क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    २०७८, बैशाख २ बिहिवार०६:२४:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार