आणविक फोहोर पानी समुद्रमा नछोड्न जापानलाई चीनको आग्रह

आणविक फोहोर पानी समुद्रमा नछोड्न जापानलाई चीनको आग्रह

२०७८, बैशाख ३ शुक्रवार

  • 1.3K
    SHARES

  • आणविक फोहोर पानी समुद्रमा नछोड्न जापानलाई चीनको आग्रह

    बेइजिङ । चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फालेको भन्दै यसमा सम्वेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ ।

    चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले बिहीबार एक पत्रकार सम्मेलनमा भने “जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको छ, यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् ।
     
    चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालिएको फोहोर पानीको प्रसङ्गमा छलफल भएको प्रवक्ता चाउले बताए । 

    दुबै पक्षले समुद्रमा आणविक फोहोर पानी निकाल्ने जापानको ‘एकपक्षीय’ निर्णयको बारेमा छलफल गरेको चिनियाँ अधिकारीले बताएका छन् । 

    “चीनका साथै दक्षिण कोरियाले पनि जापानलाई अन्तर्राष्ट्रिय निकाय र छिमेकी देशहरूसँगको पूर्ण परामर्श, सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संघसंस्थाहरूको पर्याप्त सहभागितामा आधारित फुकुशिमा आणविक केन्द्रको फोहोर पानीको मुद्दालाई विवेकपूर्ण तरीकाले अघि बढाउन आग्रह गर्दछन्, यो चीन र दक्षिण कोरियाको साझा स्थिति हो,” प्रवक्ता चाउले भने । 

    प्रवक्ता चाउले जापानको आणविक फोहोर पानी सुरक्षित छ भन्ने दावी मात्र एकपक्षीय डाटामा निर्भर रहेको र यस अनुसन्धानमा अन्तर्राष्ट्रिय वातावरणमामिला अध्ययन गर्ने अन्तर्राष्ट्रिय संघसंस्था र छिमेकीहरूको विश्वास लिन आवश्यक रहेको उनले बताए ।-एजेन्सी

    २०७८, बैशाख ३ शुक्रवार०६:३४:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार