प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भयो : डा. भट्टराई

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भयो : डा. भट्टराई

२०७८, बैशाख ३ शुक्रवार

  • 3.2K
    SHARES

  • प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भयो : डा. भट्टराई

    बैशाख ३, काठमाडौं । 

    प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा.राजन भट्टराईले प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भएकामा दु:ख व्यक्त गरेका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्त गोयलबीच चार-बुँदे सम्झौता देखाइएको पत्रमा प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग भएको प्रस्ट पार्दै उनले हस्ताक्षरको दुरुपयोग गरी भ्रमपूर्ण प्रचार गरेको भन्दै सो कार्यको निन्दा गरेका गरेका छन् ।

    डा.भट्टराईले विदेश मामिला जस्तो संवेदनशील विषयमा यस्तो खेलबाडप्रति सचेत रहन समेत आग्रह गरेका छन् ।

    देशभित्रको तरल राजनीतिको फाइदा उठाउँदै हुने यस्ता निकृष्ट गतिविधिले कसैलाई पनि फाइदा नपुग्ने भट्टराईको भनाई छ ।

    "झगडा गर्न र गराउन चाहनेलाई त रमाइलै भएको होला तर सार्वभौम मुलुकका लागि यो भन्दा पिडा अरु हुन सक्दैन", उनले दोहोर्याए । 

    २०७८, बैशाख ३ शुक्रवार०८:२८:०३
    प्रतिक्रिया
    सम्बन्धित समाचार