बालबालिका असुरक्षित गराएर मन्त्रालयले कस्का लागि काम गर्दैछ ? -अध्यक्ष केशव पुरी 

बालबालिका असुरक्षित गराएर मन्त्रालयले कस्का लागि काम गर्दैछ ? -अध्यक्ष केशव पुरी 

२०७८, बैशाख ३ शुक्रवार

  • 3.3K
    SHARES

  • बालबालिका असुरक्षित गराएर मन्त्रालयले कस्का लागि काम गर्दैछ ? -अध्यक्ष केशव पुरी 

    वैशाख ३, काठमाडौं ।
    कोरोना महामारी तिब्र गतिमा फैलिँदा पनि उच्च जोखिममा रहेका क्षेत्र विद्यालय तथा क्याम्पस बन्द नगरिएकामा अभिभावक संघका अध्यक्ष केशव पुरीले आक्रोश व्यक्त गरेका छन् । 

    "स्वास्थ्य मन्त्रालयले दोहोर्याई तेहेर्याई विद्यालय बन्द गर्न सिफारिस गरिरहँदा पनि सरकार केही निर्णय लिन सक्दैन । विद्यार्थीलाई जोखिममा पारेर सरकार कसलाई फाइदा पुर्याउन चाहन्छ ?", पुरीले प्रश्न गरेका छन् ।

    वर्तमान संवेदनशिल अवस्थामा स्वास्थ्य मन्त्रालय एक मात्र भरपर्दो माध्यम भएकाले उसले जारी गरेको सूचनालाई शिक्षा मन्त्रालय र सरकारले गम्भीरतापूर्वक लिनु पर्ने उनको भनाई छ । 

    संक्रमणदर तिब्र भए सँगै विद्यार्थीको स्वास्थ्य भन्दा अन्य कुरा ठूलो नहुने भन्दै आज देखि विद्यालय बन्द गरिएको काठमाडौंको बृहस्पति सदनका प्रधानाध्यापक कुमार थापाले शिक्षालाई जनाएका छन् । अब वैकल्पिक माध्यम प्रयोग गरेर पढाईलाई निरन्तरता दिइने उनको भनाई छ । 

    २०७८, बैशाख ३ शुक्रवार०९:२४:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार