रोनाल्डोको २ गोल मद्धतमा वार्साकै मैदानमा युभेन्टसको शानदार जित 

रोनाल्डोको २ गोल मद्धतमा वार्साकै मैदानमा युभेन्टसको शानदार जित 

२०७७, मंसिर २४ बुधवार

  • 1.9K
    SHARES

  • रोनाल्डोको २ गोल मद्धतमा वार्साकै मैदानमा युभेन्टसको शानदार जित 

    मंसिर २४, म्याड्रिड ।

    सदाबहार फुटबल हस्ती क्रिस्टियानो रोनाल्डोको २ गोलको मद्धतमा युभेन्टसले शानदार जित निकालेको छ । 

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत स्पेनी पावर हाउस बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बनेको छ ।

    क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३-० ले पराजित गरेको हो ।

    घरेलु मैदानमा पहिलो लेगको खेलमा २-० ले गुमाएको युभेन्ट्सलाई समूह विजेता बन्न कम्तीमा ३-१ को जित आवश्यक थियो ।

    यस्तोमा युभेन्ट्सले क्लिनसिट राख्दै शानदार जित हात पार्दै समूह विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनायो । बार्सिलोना भने समूह उपविजेता बन्यो । ६ खेलबाट दुवै टिमले समान १५ अंक जोडे पनि हेट टु हेड मा युभेन्ट्स अगाडि रहेको हो ।

    युभेन्ट्सका लागि रोनाल्डोले १३औं र ५२औं मिनेटमा पेनाल्टीमा गोल गरे । यस्तै वेस्टन म्याकेन्नीले २०औं मिनेटमा एक गोल गरे । ७५औं मिनेटमा लियोनार्दो बोनुचीले गरेको गोल भिएआर रेफ्रीले मान्यता नदिँदा युभेन्ट्सले गोल थप्ने अवसर गुमायो ।

    बार्सिलोका कप्तान लिओनल मेसी र युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फेरि एक पटक आमने सामने हुँदा यस खेलले मैदान उत्रिनुअघि नै चर्चा पाएको थियो ।

    सन् २०१८ पछि पहिलो पटक मेसी र रोनाल्डो एक अर्काविरुद्ध मैदान उत्रेका हुन् । कोरोना पोजेटिभ देखाउँदा रोनाल्डोले घरेलु मैदानमा पहिलो लेग गुमाएका थिए । तर दोस्रो लेगमा भने दुई गोल गर्दै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेले ।

    उता मेसीले भने कुनै जादु देखाउँदै टिमलाई हारबाट बचाउन सकेनन् ।- एजेन्सी 

    २०७७, मंसिर २४ बुधवार०९:३१:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार