नामिबियालाई कोभाक्सबाट खोप उपलब्ध

नामिबियालाई कोभाक्सबाट खोप उपलब्ध

२०७८, बैशाख ३ शुक्रवार

  • 1.4K
    SHARES

  • नामिबियालाई कोभाक्सबाट खोप उपलब्ध

    विन्डहक । अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको छ । 

    विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभाक्समार्फत पहिलो चरणमा नामिबियालाई २४ हजार डोज दिइएको छ ।
    नामिबियाका स्वास्थ्य तथा समाजसेवा मन्त्री कालुम्बी शाङ्गुलाले अस्ट्राजेनिकाको उक्त खोप देशका विभिन्न भागमा पठाइने बताए । 

    नामिबियामा हालसम्म तीन हजार ५८७ जनाले खोप लिएका छन् । करिब २५ लाख जनसंख्या रहेको नामिबियाले आफ्नो कूल जनसंख्याको कम्तीमा ६० प्रतिशतलाई खोप दिने तयारी गरेको छ । एजेन्सी

    २०७८, बैशाख ३ शुक्रवार०३:३९:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार