कर्णालीका मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत, एमाले सांसदको फ्लोर क्रस

कर्णालीका मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत, एमाले सांसदको फ्लोर क्रस

२०७८, बैशाख ३ शुक्रवार

  • 1.5K
    SHARES

  • कर्णालीका मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत, एमाले सांसदको फ्लोर क्रस

    कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।  

    उनले प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज विश्वासको मत लिएका हुन् । सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए । हाल प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका हुन् ।  

    प्रदेशसभामाकायम सदस्यमा सभामुखसहित २० नेकपाएमाले, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उनको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिए । 

    कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए । यसैगरी नेकपा ९एमाले०का चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

    २०७८, बैशाख ३ शुक्रवार०९:४३:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार