मर्केललाई अस्ट्राजेनिकाद्वारा निर्मित कोभिड खोप दिइयो 

मर्केललाई अस्ट्राजेनिकाद्वारा निर्मित कोभिड खोप दिइयो 

२०७८, बैशाख ४ शनिवार

  • 985
    SHARES

  • मर्केललाई अस्ट्राजेनिकाद्वारा निर्मित कोभिड खोप दिइयो 

    बर्लिन । जर्मनीकी चान्सलर एन्गेला मर्केललाई शुक्रबार कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।
     
    पहिलो चरणको खोप स्वरुप उनलाई अस्ट्राजेनिका खोप लगाइएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

    जर्मनीका स्वास्थ्य अधिकारीहरूले दुई हप्ता अगाडि ६० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले अस्ट्राजेनिका खोप लगाउन मिल्ने सिफारिस गरेका थिए । 

    उनीहरूको सिफारिस अनुसार नै आफ्नो सुरक्षा र आम नागरिकलाई खोपप्रति आकर्षण गर्न उनले शुक्रबार खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    “मैले आज कोरोनाभाइरसविरुद्धको पहिलो चरणको अस्ट्राजेनिका खोप लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले शुक्रबार लेखेका छन् । 

    चान्सलर मर्केलले हरेक व्यक्तिले यो खोप लगाउनु पर्नेमा पनि जोड दिए । त्यसका लागि सरकारले खोप अभियान चलाएको उनको भनाइ छ ।  

    खोपले कोरोनाभाइरसको महामारी न्युनिकरण गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । यो खोप हानीकारक रहेको भन्दै केही समय विभिन्न देशहरूले लगाउन छाडेपनि अहिले भने फेरि सुरु गरेका छन् । त्यही शिलशिलामा जर्मनीमा पनि लगाउन थालिएको हो । 

    झण्डै १६ बर्षपछि चान्सलरको जिम्मेवारीबाट मुक्त हुन लाग्नुभएकी ६६ बर्षिया मर्केललाई विश्वकै प्रभावशाली नेतृको रूपमा लिइन्छ ।- एजेन्सी ।  

    २०७८, बैशाख ४ शनिवार०६:३९:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार