भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

२०७८, बैशाख ४ शनिवार

  • 949
    SHARES

  • भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    वैशाख ४, काठमाडौं । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । 

    उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा एक दिनमा एक हजार ३४१ जनाको मृत्यु भएको उल्लेख छ । 

    योसँगै देशभरी अहिलेसम्म कोरोनाका कारण कुल मृतकको सङ्ख्या एक लाख ७५ हजार ६४९ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६९२ जना सङ्क्रमित भएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको अधिकारीहरुले जनाएका छन् । 

    भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित रहेकाहरुको सङ्ख्या १६ लाख ७९ हजार ७४० पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

    भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि मुक्त भइसकेकाहरुको कुल सङ्ख्या एक करोड २६ लाख ७१ हजार २२० पुगेको छ । भारतीय मेडिकल रिसर्च काउन्सीलले गत शुक्रबार मात्रै देशभरी १४ लाख ९४ हजार ३९७ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ । 

    २०७८, बैशाख ४ शनिवार०१:४४:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार