कोरोना अपडेट: थप १०५६ जना संक्रमित, १४८३ निको 

कोरोना अपडेट: थप १०५६ जना संक्रमित, १४८३ निको 

२०७७, मंसिर २४ बुधवार

  • 2.4K
    SHARES

  • कोरोना अपडेट: थप १०५६ जना संक्रमित, १४८३ निको 

    मंसिर २४, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

    त्यसै गरी पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना भाइरसबाट निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको छ ।

    राजधानी उपत्यकामा ५०७ जना संक्रमित भेटिएका छन् । जसमा  काठमाडौंमा ३९३, भक्तपुरमा ३९ र ललितपुरमा ७५ जना छन् ।

    २०७७, मंसिर २४ बुधवार०४:५३:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार