जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह

जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह

२०७८, बैशाख ६ सोमवार

  • 1.0K
    SHARES

  • जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह

    टोकियो । जापानी प्रधानमन्त्री योशीहिडे सुगाले अमेरिकी औषधि निर्माता फाइजरलाई कोभिड–१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरूभन्दा पछाडि पर्ने खोपको गतिलाई थप आग्रह गरेका छन् । 

    व्हाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेपछि सुगाले शनिबार आफ्नो वाशिंगटनको भ्रमणलाई फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बाउलासँगको फोन वार्तासँग अन्त्य गरेका हुन् । 

    जापानका अधिकारीहरूले  जनाएअनुसार सुगाले बाउलालाई खोपको थप आपूर्तिको लागि अनुरोध गरेका थिए । जापानले खोपको आपूर्तिमा कुनै समस्या नआएमा आगामी सेप्टेम्बरसम्ममा खोप लगाउन योग्य नागरिकहरूमा खोप पु¥याउने बताएका थिए । उक्त अवसरमा प्रधानमन्त्री सुगाले खोपको निरन्तर र स्थिर वितरण सुनिश्चित गर्न आग्रह गरेको उल्लेख छ । 

    अधिकारीहरूका अनुसार बाउलाले सुगासँग यस बिषयमा फाइजरले जापानी अधिकारीसँग छलफल गर्ने बताएको बुझिएको छ ।

    घरेलु खोप विकास अझै प्रारम्भिक चरणमा रहेको जापानमा खोपका लागि सहयोगी मुलुकबाट हुने आयातमा निर्भर हुनुपर्दछ र आर्थिक रूपमा शक्तिशाली मानिने यस मुलुकले फाइजर, एस्ट्राजेनेका र मोडर्नासँग सम्झौतामा हस्ताक्षर गरिसकेको छ । जापानले अहिलेसम्म फाइजरको खोप प्रयोगका लागि स्वीकृत गरिसकेको छ । 

    जापानको सरकारले ३१ करोड ४० लाख मात्रा आपूर्तिका लागि विभिन्न खोप निर्माण कम्पनीसँग सम्झौता गरेको छ भने फाइजरसँगबाट मात्र १४ करोड ४० लाख मात्रा खोप लिने सहमति भएको छ । 

    हालसालै कोभिडका घटनाहरूमा देखिउको वृद्धिको कारण सरकारले टोकियो र नौ अन्य सहरी क्षेत्रहरूको लागि सतर्कताको स्थिति जारी गरेको छ । जापानले महामारी सुरूभएपछि हालसम्म कूल पाँच लाख २५ हजार २१८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ भने जापानमा कूल नौ हजार ५८४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । -एजेन्सी 

    २०७८, बैशाख ६ सोमवार०६:२८:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार