त्रिकोणात्मक सिरिजमा नेपाल मलेसियासँग भिड्दै 

त्रिकोणात्मक सिरिजमा नेपाल मलेसियासँग भिड्दै 

२०७८, बैशाख ६ सोमवार

  • 1.2K
    SHARES

  • त्रिकोणात्मक सिरिजमा नेपाल मलेसियासँग भिड्दै 

    वैशाख ६, काठमाडौं । शनिबारदेखि काठमाडौमा शुरु भएको त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटमा सोमबार घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

    नेपालले पहिलो खेलमै नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससंग १५ रनले पराजित भएको थियो ।

    नेदरल्याण्ड्सलाई हराएर एक दिन आराम पाएको नेपालको मनोबल उच्च छ । मलेसियाले भने लगातार दोस्रो दिन खेल्दैछ । नेदरल्याण्ड्स विरुद्ध ब्याटिङमा पुनरागमन गरेको मलेसियाले विरनदिपको ८७ रनको बाबजुद पनि खेल जित्न सकेन ।

    नेपाल र मलेसिया क्रिकेटमा चिरपरिचित प्रतिस्पर्धी नै हुन् । एक वर्षअघि थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटमा नेपाल र मलेसिया पछिल्लो पटक खेलेका थिए । जसमा नेपाल २२ रनले पराजित भएको थियो ।

    यस पटक नेपाललाई घरेलु मैदानमा त्यो हारको बदला लिने अवसर हुनेछ । यस्तै डबल राउण्ड रोविनका आधारमा खेलाइने सिरिजमा फाइनल प्रवेश गर्नका लागि पनि नेपालका लागि जित महत्वपूर्ण हुनेछ । उता मलेसिया पहिलो जितको लागि खेल्नेछ ।

    नेदरल्याण्ड्ससंग पराजित भएपछि मलेसियाका कप्तान अहेमद फैजले दिन राम्रो हुन नसकेको र नेपाल विरुद्धको खेलमा दिन राम्रो हुने आशा व्यक्त गरेका थिए ।

    नेपालले पहिलो खेलमा जित हात पार्दा दुई  नयाँ खेलाडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरेका थिए । डेब्युमै ओपनिङ गर्ने अवसर पाएका उनीहरुले पहिलो विकेटका लागि कीर्तिमानी ११६ रनको साझेदारी गरे । साथै दुवैले अर्धशतक समेत बनाए ।

    भेट्रान खेलाडी कप्तान पारस खँड्का बिना मैदानमा उत्रिएको नेपाली युवा टोलीले शानदार प्रदर्शन गर्दै खेल जिताएका थिए । नेपालको कप्तानी आर्मव्याण्ड ज्ञानेन्द्र मल्लले लगाएका छन् ।  

    गत वर्ष थाइल्याण्डमा भएको टी-२० मा नेपालले मलेसिया खेल्दा खेलेको टिममा अहिले केही परिवर्तन छ । सोमपाल कामी टिममा फर्किएका छन्, कुशल भुर्तेल, आसिफ शेख र शहाब आलमले नेदरल्याण्ड्स विरुद्ध खेल्दै टी-२० मा डेब्यु गरेका छन् । 

    २०७८, बैशाख ६ सोमवार१२:१९:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार