काठमाडौं ।
कुरा मिले राम्रो
केही कुरा चाम्रो
दुबै नेता भन्छन
ए.मा.ले. हाम्रो ।
—————
दुबैको मन एउटै
दुबैको पन एउटै
नेकपा ए.मा.ले.
दुबैको जन एउटै ।
——————
एक दुइ जना- दुबै तर्फको मुखै वैरी
एक दुई स्वनाम लेखकको लेखै वैरी
मिल्न पनि नदिने फोड्न पनि नदिने
दुबैले भन्नु पर्यो अव त मान्छे मेरै बैरी ।
——————————————
दुबै नेताको भेटले कार्यकर्ताको आसा पलायो
भित्रभित्रै एकता मेलमिलापको पासा चलायो
कुनै परचक्रीले भाँजो नहाले र दुबै तर्फका नेता
एक कदम पछाडि नहटे एमाले तासा बोलायो ।
———————————————
नेता द्वयको भेटघाटले एकथरिलाई किन शंका
नेकपा - नेकपा एमाले बीच मनको जल्यो लंका
आत्मालोचना र नयां सोच र दृष्टिकोणले अघि
बढ्ने कुरा गर्दा आम कार्यकर्ता खुसीले भए पंखा ।
--------------समाप्त ।
(-रचनाकार सुन्दर पन्त साहित्यमा कलम चलाउन रुचाउँछन् ।)