थप २४२८ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

थप २४२८ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

२०७८, बैशाख ९ बिहिवार

  • 1.6K
    SHARES

  • थप २४२८ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ४२८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । 

    १० हजार ४४८ वटा नमुना परीक्षण गरिएकोमा २ हजार ४२८ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या १ लाख ९२ हजार १५२ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन्  भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको छ । 

    हाल आइसोलेसनमा १२ हजार ६९० जना र क्वारेन्टिनमा ८१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ । 

    २०७८, बैशाख ९ बिहिवार०५:२९:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार