भारतीय प्रधानमन्त्री मोदीद्वारा पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द

भारतीय प्रधानमन्त्री मोदीद्वारा पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द

२०७८, बैशाख १० शुक्रवार

  • 1.6K
    SHARES

  • भारतीय प्रधानमन्त्री मोदीद्वारा पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द

    नयाँ दिल्ली । कोभिड–१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् ।  

    प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका हुन् । यस्तै मोदीले शुक्रबार कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने पनि ट्वीटमार्फत जानकारी दिएका छन् ।  

    उनी चुनावी प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम रहेको थियो ।

    यसअघि निर्वाचन प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम विपक्षी नेता राहुल गान्धीले पनि रद्द गरेका थिए । कार्यक्रम रद्द गरेपछि निर्वाचन प्रचारप्रसारका लागि अन्य दलहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए ।

    त्यसको लगत्तै सामान्य विरामी परेका राहुलको कोभिड–१९ परीक्षण गर्दा उनलाई सङ्क्रमण पुष्टि भएको थियो ।

    भारतमा पछिल्लो समय कोरोना भाइरसको  सङ्क्रमण दिन प्रतिदिन उकालो लागिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित थपिएका छन् भने दुई हजार १००भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।- एजेन्सी । 

    २०७८, बैशाख १० शुक्रवार०६:२८:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार