सिरियाका राष्ट्रपति बसर अल असद अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने

सिरियाका राष्ट्रपति बसर अल असद अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने

२०७८, बैशाख १० शुक्रवार

  • 901
    SHARES

  • सिरियाका राष्ट्रपति बसर अल असद अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने

    दमास्कस, सिरिया । सिरियाली राष्ट्रपति बसर अल असदले बुधबार चौथो कार्यकालका लागि निर्वाचनमा भाग लिने निर्णय गरेका छन् ।  

    सिरियाली सभामुख पति हम्मदा साबबागले राष्ट्रपति पदको निर्वाचन मे २६ मा गर्ने जानकारी गराए लगत्तै अल असदले चौथो पटक राष्ट्रपतिको निर्वाचनमा जाने निर्णय सार्वजनिक गरेका हुन् ।  

    निर्वाचनको मिति औपचारिकरूपमा तय गरिएपछि अब्दुल्लाह सल्लम अब्दुल्लाह र मोहम्मद फिरास यासिन राजजुहले आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् । सिरियाको इतिहासमा पहिलो महिला राष्ट्रपति उम्मेद्वार हुने निर्णय फाटेन अली नाहरले पनि गरेका छन् । 

    सन् २०१४ मा निर्वाचनमा करिब ९० प्रतिशत मत ल्याएर विजय भएपछि असदले निर्वाचनमा धाँधली गरी आफ्नो पक्षमा मतदान गराएको आरोप लगाइएको थियो । 

    निर्वाचनमा जानका लागि सिरियाको वर्तमान् संसद्का ३५ सदस्यले आफ्नो समर्थन रहेको जानकारी त्यहाँको सर्वोच्च संबैधानिक अदालतमा पेश गर्नुपर्छ । -एजेन्सी । 

    २०७८, बैशाख १० शुक्रवार०६:४३:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार