वैशाख १०, काठमाडौं । ------
एक दिन एकजना सफल व्यापारीले आफनो एकाउन्टेन्टलाई सोधेछन कि मेरो सम्पति कति छ ?
जवाफमा एकाउन्टले हजुरको सम्पति धेरै छ र यसले हजुरको अर्को सात पुस्ता सम्मलाई आरामले जिन्दगी जिउन पुग्छ भनेछ्न्।
त्यसपछि ति व्यापारी अब मेरो आठै पुस्ताले के गर्ला के खाला, कसरी जिवन जिउला भनेर पिर मान्न थालेछ्न्, त्यहि कारण चिन्तित भएर बिरामी समेत भएछ्न् ति व्यापारी, बिभिन्न औसधिले पनि ठिक नभए पछि उनि अन्ततः एक शन्तगुरु सँग सल्लाह लिन पुगेछ्न्।
उनको एउटै मात्र प्रश्न त्यहि थियो कि अब उनको आठौ पुस्ताले के खाला ?
शन्तबाबाले ति व्यापारीको सबै कुरा सुनेपछि मुस्कुराउदै भनेछन्, तपाइको समस्या एकदम नै सहज छ र म एक उपाय देखाइदिन्छु।
अनि गुरुशन्तले ति व्यापारीलाई आदेश दिँदै भनेछ्न् कि तपाईँ पहिला यस सहरको झुपरपट्टिको २१ नम्बर झुपडीमा एकजना ८५ बर्सिय गरिब बुढि महिला बस्छिन् तिनलाइ २ किलो चामल दिनको ठिक २:०० बजे दिएर आउनु होला अनि म उपाय सिकाउँछु।
त्यसपछि ति धनि व्यापारी २ किलोको सट्टा २ बोरा चामल लिएर आफ्ना सहयोगी साथ ति बुढि महिलालाई भेट्न दिउँसो २:०० बजे पुगेछ्न्।
अनि आफुले ल्याएको २ बोरा चामल स्वीकार गरिदिन अनुरोध गरेछन् तर जवाफमा ति बुडि महिलाले भनिछिन:
"बाबु आज मैँले खाना खाइसकेको छु भरेको लागि मेरो छोराले कमाएर ल्याइहाल्छ म मेरो कर्मयोगि छोरासँग बिस्वस्त छु, अनि म भरे के खाने भन्ने बारेमा चिन्ता लिन्न पनि त्यसैले म तिम्रो यो चामल अस्विकार गर्छु " अनि भविस्यको बारेमा चिन्तालिएर कसैले पनि हिड्नु हुदैन पछि जे हुन्छ ठिक भै नै हाल्छ समयसँगै भनिछिन्।
त्यसपछि ति व्यापारीको प्रस्नको जवाफ पनि आफैँ मिलेछ कि हामी बेकारमा हाम्रो भविस्य र आउने पुस्ताको बारेमा चिन्तित भएर आफुलाई दिनहुँ दु:खी बनाउँदा रहेछौँ भनेर ।
भविस्य र कर्म सबैको सुनिस्चित भएर नै जन्म लिएको हुन्छ, चिन्ता गर्नु भनेको आफैलाइ कमजोर बनाउनु भन्दा अरु केहि होइन रहेछ ति व्यापारीले पनि बुझेर शन्तलाई मनमनै धन्यवाद दिदै आफ्नो कर्म गर्न तिर लागेछ्न।
'सबैलाइ चेतना भया'
(-रचनाकार खेम संग्रौला शैक्षिक परामर्शदाता हुन् ।)