भारतमा संक्रमित हुने र मर्नेको संख्या अहिले सम्मकै उच्च

भारतमा संक्रमित हुने र मर्नेको संख्या अहिले सम्मकै उच्च

२०७८, बैशाख १० शुक्रवार

  • 989
    SHARES

  • भारतमा संक्रमित हुने र मर्नेको संख्या अहिले सम्मकै उच्च

    वैशाख १०, नयाँ दिल्ली । 
    शुक्रवार भारतमा तीन लाख ३२ हजार सात सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ जुन संसारका कुनै पनि देशमा एक दिनमा पुष्टि भएको सर्वाधिक सङ्क्रमण सङ्ख्या हो। 

    शुक्रवार प्राप्त पछिल्लो विवरण अनुसार त्यहाँ थप २,२६३ जनाको मृत्यु भएको छ जुन भारतमा हालसम्मको सर्वाधिक दैनिक मृत्यु सङ्ख्या हो।
     
    दोस्रो लहरका कारण अस्पतालहरूमा बिरामीको भिड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भएको छ।
    भारतको सर्वोच्च अदालतले शुक्रवारसम्म अक्सिजन, औषधि र खोप आपूर्ति एवम् उपचारको राष्ट्रिय योजना बुझाउन सरकारलाई आदेश दिएको छ।

    अदालतले राष्ट्रिय स्वास्थ्य आपत्कालको अवस्था रहेको बताएको छ।

    दुई दिनअघि महाराष्ट्रको अर्को अस्पतालमा भेन्टिलेटरमा अक्सिजन रोकिँदा २४ कोभिड बिरामीको मृत्यु भएको बताइएको थियो। नासिकको जाकिर अस्पतालमा अक्सिजन ट्याङ्की भरिँदै गर्दा अक्सिजन फुस्किएर त्यस्तो भएको जनाइएको थियो।- बीबीसी । 

    २०७८, बैशाख १० शुक्रवार०१:२५:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार