अमेरिकाको नयाँ शिक्षामन्त्रीमा शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने तयारी

अमेरिकाको नयाँ शिक्षामन्त्रीमा शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने तयारी

२०७७, मंसिर २५ बिहिवार

  • 1.5K
    SHARES

  • अमेरिकाको नयाँ शिक्षामन्त्रीमा शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने तयारी

    मंसिर २५, वासिङ्टन ।

    अमेरिकाको नयाँ शिक्षामन्त्रीका रूपमा मुलुकको सबैभन्दा ठूलो शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने तयारी गरिएको छ । 

    राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले राष्ट्रिय शिक्षा सङ्घकी अध्यक्ष लिली एस्केल्सेन जर्कियालाई आफ्नो मन्त्रिपरिषद्मा शिक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।  

    उनी गत सेप्टेम्बरसम्म पनि सो सङ्गठनको प्रमुखका रूपमा क्रियाशील थिए । निर्वाचनका बेला उनले वाइडेनलाई विशेष सहयोग गरेका थिए ।

    उनका कारणले बाइडेनलाई पूर्व शिक्षामन्त्री तथा सिनेटको शिक्षा समितिको अध्यक्ष भएका लामर एलेक्जन्डरलगायत धेरैको भोट आएको विश्वास पनि गर्ने गरिएको छ ।

    आफूलाई शिक्षामन्त्रीमा नियुक्त गर्न लागिएको बारेमा भने उनले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएका समाचारमा जनाइएको छ । 

    शिक्षा क्षेत्रका बारेमा धेरै ज्ञान भएको र सम्बन्ध पनि धेरै तिर राम्रो भएकाले उनलाई शिक्षामन्त्री बनाउन उपयुक्त हुने सुझावहरू बाइडेनलाई आएको जनाइएको छ ।  

    भावी राष्ट्रपति बाइडेनले पनि उनीलाई शिक्षामन्त्री नियुक्तिका लागि पार्टीमा प्रस्ताव राखेको अधिकारीहरूले जानकारी दिएका छन् ।

    “उहाँको अनुभव, कार्यक्षमता, योगदान, राजनीतिक सम्पर्क तथा पहुँचलगायतका कारणले उहाँलाई शिक्षामन्त्रीमा नियुक्त गरेमा शिक्षा क्षेत्रमा राम्रो काम हुनसक्ने देखिन्छ,” २३ जनाले हस्ताक्षर गरेर सिफारिस गरेको पत्रमा उल्लेख गरिएको छ ।- एजेन्सी । 
      

    २०७७, मंसिर २५ बिहिवार०६:५५:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार