काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ । थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
१४ हजार ७२४ जना आईसोलेशनमा छन् भने हाल ७५ जना क्वारेन्टिनमा छन् । सङ्क्रमितमध्ये महिला १ हजार २३ र पुरुष १ हजार ४२६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४१० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १४ हजार ७२४ सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टाको विवरणअनुसार सबैभन्दा बढी २०–२९ उमेर समूहमा सङ्क्रमण देखिएको छ । यो उमेर समूहमा ५७५, ३०–३९ मा ५५५ र ९०–१०० उमेर समूहमा दुई र नौ वर्षमुनिका ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पाँच सयभन्दा बढी उपचारार्थ सङ्क्रमितहरू भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही छन् । हाल होम आइसोलेशनमा रहनेको सङ्ख्या १३ हजार ५७८, संस्थागत एक हजार १४६, आईसीयू १७३ र भेन्टिलेटरमा ५७ जना छन् । देशभर आईसीयू शय्यामा एक हजार १८० र भेन्टिेलेटरमा ५१२ जना छन् ।
हालसम्म कोभिड–१९ विरुद्धको खोप लिएकाहरूको सङ्ख्या १९ लाख ७८ हजार २३९ पुगेको छ ।
सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार १२२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।