घानामा निर्वाचनको क्रममा हिंसा, पाँचको मृत्यु

घानामा निर्वाचनको क्रममा हिंसा, पाँचको मृत्यु

२०७७, मंसिर २५ बिहिवार

  • 1.2K
    SHARES

  • घानामा निर्वाचनको क्रममा हिंसा, पाँचको मृत्यु

    मंसिर २५, अक्रा ।

    घानामा भएको निर्वाचनका क्रममा हिंसात्मक घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

    प्रहरी अधिकारीहरुले निर्वाचन भएको क्षेत्रमा कुल ६१ घटना भएको र केही घाइते समेत भएको जनाएका छन् ।

    “देशभरी निर्वाचनसँग सम्वन्धीत ६१ ओटा घटना भएको विवरणहरु हामीलाई प्राप्त भएका छन्,” प्रहरी कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

    निर्वाचन भएको दुई दिनपछि प्रहरीले निर्वाचनका क्रममा देशभरी भएको घटना विवरण सार्वजनिक गरेको हो ।  
    कुल घटना मध्ये छ ओटा घटनामा गोलीको प्रयोग भएको पनि प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 

    कडा प्रतिश्पर्धा देखिएको राष्ट्रपतिय निर्वाचनको नतिजा पुष्टि हुनु अगाडि नै हिंसात्मक घटनाको विवरण सार्वजनिक गरिएको हो ।

    निर्वाचन आयोगले देशका १६ क्षेत्र मध्ये सात क्षेत्रको मात्रै नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार विपक्षी तर्फका उम्मेदबार जोन महामा थोरै मतान्तरले अगाडि छन् भने बर्तमान राष्ट्रपति नाना अकुफो अड्डो पछाडि परेका छन् ।   

    गत सोमबार भएको राष्ट्रपतिय तथा संसदीय निर्वाचन सामान्यतः शान्त, स्वतन्त्र र निश्पक्ष नै भएको मानिएको छ । तर पछिल्लो समयमा निर्वाचनको निश्पक्षता माथी प्रश्न उठाउन थालिएको छ ।
    घानाको निर्वाचनका लागि बालिग मताधिकार सूचिमा एक करोड पचासलाख भन्दा बढी मतदाताहरुको नाम दर्ता भएको थियो ।

    मुलुकभरका २९ हजार मतदान केन्द्रहरुमा बिहान ०७ः०० बजेदेखि नै मतदानको व्यवस्था गरिएको थियो । स्थानीय समयानुसार बेलुकी पाँच बजेसम्म मतदान गर्न पाइने व्यवस्था गरिएको थियो । 

    पश्चिमी अफ्रिकी राष्ट्र घानामा राष्ट्रपति र सांसदहरुको कार्यकाल चार वर्ष हुने संविधानमा उल्लेख गरिएको छ ।- एजेन्सी ।

    २०७७, मंसिर २५ बिहिवार०७:०३:०३
    प्रतिक्रिया
    सम्बन्धित समाचार