भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीबीच छलफल

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीबीच छलफल

२०७८, बैशाख ११ शनिवार

  • 1.0K
    SHARES

  • भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीबीच छलफल

    नयाँ दिल्ली । कोरोनाभाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । 

    पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेको जनाइएको छ ।

    छलफलका क्रममा प्रधानमन्त्री मोदीले सवै प्रदेशका मुख्यमन्त्रीहरुलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नु पर्नेमा जोड दिएका थिए ।  

    संयुक्त रुपमा लड्नका लागि उनले केही प्रस्तावहरु समेत राखेको र छलफल भएको अधिकारीहरुले बताएका छन् । 

    आफ्नै अध्यक्षतामा भएको बैठकमा प्रधानमन्त्री मोदीले भने, “कोरोनाभाइरसका विरुद्धमा एक्ला एक्लै लडेर सकिदैन, त्यसका लागि सवै पक्षका बीचमा सहकार्य र सहयोग आदान प्रदान जरुरी छ, त्यसैले मैले सवैलाई सँगसगै काम गर्नका लागि आह्वान गर्दछु ।” 

    उनले यसअघि आएको पहिलो चरणको महामारी पनि राम्रो सहकार्य र व्यवस्थापनका कारण जित्न सकिएको चर्चा समेत बैठकमा गरेका थिए । यस पटक पनि त्यही अनुसार प्रतिवाद सक्नु पर्नेमा पनि उनले जोड दिए ।   

    उनले सवै प्रदेशका स्वास्थ्य मन्त्रीहरुलाई पनि एक अर्कामा नजिक रहेर काम गर्न र एक अर्काका राम्रा अनुभवलाई उपयोग गर्न पनि सुझाव दिए ।- एजेन्सी । 

    २०७८, बैशाख ११ शनिवार०६:३२:२४
    प्रतिक्रिया
    सम्बन्धित समाचार