पूर्वाधारमा लगानीका लागि एनआरएनएको कोष

पूर्वाधारमा लगानीका लागि एनआरएनएको कोष

२०७८, बैशाख ११ शनिवार

  • 1.9K
    SHARES

  • पूर्वाधारमा लगानीका लागि एनआरएनएको कोष

    काठमाडौँ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले रु १० अर्ब पूँजी भएको एनआरएन डेभलपमेन्ट फन्डले पूर्वाधारको क्षेत्रमा लगानी गरिने बताएका छन् ।  

    उनले उक्त रकमको प्रतिफल बैंकमा पैसा राखी व्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने स्पष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले बैंकबाट व्याज खाएर नभई पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको उल्लेख गरे । 

    पूर्वाधार तथा उत्पादनशीललगायतका क्षेत्रमा लगानी गर्ने गरी फन्डको स्थापना भएको जानकारी दिँदै उनले त्यसमा गैरआवासीय नेपालीको रु नौ अर्ब ५० करोड र नेपाल सरकारको रु ५० करोड शेयर लगानी हुनेछ ।

    गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै कोषको प्राथमिक सेयर विक्री गर्ने योजना छ । त्यसमा रु आठ बराबरको साधारण शेयर विक्री गरिनेछ । नेपालको कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरिएको छ ।

    त्यसमा नेपाल सरकारले पाँच प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पूँजी साधारण सेयर विक्री गरी सङ्कलन गरिने छ । साधारण सेयर सार्क मुलुक बाहेकका गैरआवासीय नेपालीले मात्रै खरिद गर्न पाउने छन् । 

    २०७८, बैशाख ११ शनिवार०७:२७:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार