काठमाडौं ।
म चाकरी गर्न कति द्वार धाऊँ ?
झुकी पाउ मोल्न कता मात्र जाऊँ ?
त्यो पत्थरको मनलाई कसरी पगालौँ ?
भताभुङ्ग देख्छु कसरी सम्हालौँ ?
न ता ज्ञानको द्वार नै खुल्छ तिनको
न सुन्छन् कुनै आग्रह नै कसैको
न फिर्दो छ शुद्धि न फिर्दो छ बुद्धि
हजार बिन्तीभाउ न सुन्छन् कुबुद्धि !
कसी हातपाउ दगुर्ने छ आदेश
बिगार्ने उनै हुन् बनाउनेमा बन्देज
कि त ठोक गोली कि फाँसी चढाऊ
भयो ध्वाँस फुस्रा कसैले नलाऊ
(-रचनाकार होम प्रसाद गौतम साझा प्रकाशनका महाप्रवन्धक हुन् ।)