मन्त्री नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलको भेटवार्ता

मन्त्री नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलको भेटवार्ता

२०७७, मंसिर २५ बिहिवार

  • 1.3K
    SHARES

  • मन्त्री नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलको भेटवार्ता

    मंसिर २५, काठमाडौं ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलले वुधवार शिष्टाचार भेटवार्ता गरेकोे छ । 

    मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप रुसले तयार गरेकामा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गरे । 

    भेटमा प्रतिनिधिमण्डलले पूर्वपश्चिम विद्युतीय रेलमार्ग र राजधानी काठमाडौँमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्रोजेक्ट’ मा लगानी गर्न रुस इच्छुक रहेको बताएको मन्त्रालयले जनाएको छ ।

    ती परियोजनाबारे हालसम्म भएका प्रगतिका विषयमा मन्त्रालयका अधिकारीले उनीहरुलाई जानकारी गराए । 

    २०७७, मंसिर २५ बिहिवार०७:४१:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार