उपभोक्तालाई ग्यास उद्योग संघको आग्रह : खाली सिलिण्डर भर्नुस्

उपभोक्तालाई ग्यास उद्योग संघको आग्रह : खाली सिलिण्डर भर्नुस्

२०७८, बैशाख १२ आइतवार

  • 1.0K
    SHARES

  • उपभोक्तालाई ग्यास उद्योग संघको आग्रह : खाली सिलिण्डर भर्नुस्

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ ।

    एलपी ग्यास आयात हुने  भारतमा कोरोना माहामारी बढेपछि तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले जनाएको छ ।

    गत वर्ष ग्यास भर्न एकै पटक उपभोक्ताहरु लाइन लाग्दा आपूर्तिमा चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर सूचना जारी गरिएको संघले जनाएको छ ।

    भारतबाट नियमित रुपमा ग्यासको आपूर्ति भइरहेको र अहिले सहज भएकै अवस्थामा खाली सिलिण्डर भरेर भण्डारण गर्दा पछि समस्या नआउने निगमले जनाएको छ।

    नेपाल आयल निगमको तथ्यांकअनुसार नेपालमा दैनिक ८० हजार सिलिण्डर र मासिक २६ लाख ७६ हजार ५७ सिलिण्डर ग्यास खपत भइरहेको छ ।

    २०७८, बैशाख १२ आइतवार०३:०७:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार